परिचय

वि.सं १९८१मा भारतको बनारसमा अध्ययन गर्ने केहि विद्यार्थीले ‘नेपाली छात्र संघ’ को गठन गरे| २००१ तिर कलकत्तामा अध्ययनरत केहि विद्यार्थीले ‘हिमान्चल विद्यार्थी संघ’को स्थापना गरे| देश बाहिरका नेपाली विद्यार्थी प्रजातन्त्रको माग गर्दै संगठित हुदै थिए भने देश भित्र अध्ययन गर्ने विद्यार्थीले २००७ असार मा ‘अखिल नेपाल विद्यार्थी फेडेरेशन’ स्थापना गरे| रुसी क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम, चीनको नयां जनवादी क्रान्ति, दोस्रो बिश्वयुद्धको बेला र त्यस पछि तीब्र भएको उपनिवेशको मुक्ति र २००७ सालको जहाँनिया राणा शासन बिरुद्धको क्रान्ति सफल भएपछि नेपाली जनमास राजनैतिक स्वान्त्रताको पक्षमा उभिएको थियो| १०४ बर्षे राणा शासन अन्त्यको लागि अखिल नेपाल विद्यार्थी फेडेरेशनको भूमिका महत्वपूर्ण रहेको थियो| २००७ सालमा प्राप्त भएको बहुदलीय व्यवस्थालाई २०१७ साल पुस १ को कालो कदम मार्फत राजा महेन्द्रले समाप्त पारेपछि जनताका सम्पर्ूण्ा अधिाकारहरु खोसिए । सबै राजनीतिक पार्टि संगठनहरुमाथि प्रतिबन्ध लगाइयो । निरंकुश र तानाशाही पंञ्चायती व्यवस्था प्रारम्भ भएदेखि बदलिएको परिस्थितिमा भूमिका खेल्न नसकेर अखिल नेपाल विद्यार्थी फेडरेशनको अस्तित्व समाप्त भएकाले पंञ्चायती व्यवस्थालाई उखेल्न र जनता एवं विद्यार्थीहरुको हक, अधिकारहरुको स्थापनाका लागि एउटा देशभक्त, प्रगतिशील र जनवादी विद्यार्थी संगठनको स्थापना गर्न आवश्यक ठानी २०१९ सालदेखि अनेक प्रयत्नहरु गर्दागर्दै २०२२ साल जेष्ठ १ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको स्थापना भएको हो । यद्यपी संगठनको यो नाम भने २०२५ सालमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट राखिएको थियो ।

यसै गरी संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको आज सम्मको यो समयमा राणा शासन, पंचायती शासन र राजतन्त्रको अन्त्यमा उल्लेखनीय भूमिका अनेरास्ववियु छ|

ई.पू ३५० बर्षको सम्राट समुन्द्र गुप्तको इलाहवादको शिलालेख अनुसार नेपालमा किरात वंशको अन्तिम घडी तथा लिच्छवीहरुको प्रारम्भकाल थियो र त्यसबेला नेपालको सिमाना पूर्वमा कामरु कामक्षा (भारतको आसाम), पश्चिममा उदमपुर (दक्षिण पश्चिम पन्जाब) दक्षिणमा पाठलीपुत्र (पटना) कटुर(इलाहवाद नजिक) थियो| जब लिच्छवीहरु कम्जोर हुदै गए यो बिशाल नेपाल ५३ टुक्रामा विभाजित भयो| यहि विभाजित भूमिलाई गोरखाका राजा पृथ्वीनारायण शाहको अथक र साहसी कदमले नेपाल एकिकरणको अभियान चल्यो| पछि भीमसेन थापा र काजी अमरसिंह थापा लगायत थुप्रै बिर-बिरंगनाले नेपालको सिमाना पूर्वमा टिस्टा नदि र पश्चिममा सतलज नदि सम्म कायम गरेका थिए| नेपालले सतलज नदि पारगरी कांगडा शहर माथि आक्रमण गर्दा राबी नदि सम्म पुगेको र कांगडा किल्लामा त्यहाँका राजा सम्सार चन्दलाई ४ वर्षसम्म घेरामा राख्दा पनि पन्जाबको राजा रणजीत सिंहको सहायताले कांगडालाई जित्न नसकेको अनि हाम्रो सिमाना सतलज नदि सम्म रहेको इतिहासमा उल्लेख छ| तर भारतमा शासन गरेका बेलायती समाजवादले बिभिन्न कारणबाट नेपालसँग सुगौली सन्धि गर्यो र नेपालले आफ्नो धेरै भूमि गुमाउनु पर्यो| त्यसै गरी सन् १९४७ पछि स्वान्त्र भएको भारत ले नेपालको राणा शासन कम्जोर हुदै गएको मौका छोपी राणा शासकहरु सँग असमान, विभेदकारी र नेपाललाई अहित हुने “शान्ति तथा मैत्री सन्धि ” अर्थात् १९५० सन्धि गर्यो| यस्ता बिभिन्न सन्धि र सम्झौता गर्दै आज सम्म पनि भारतीय समाजवादी हस्तक्षेप नेपाल माथि जारी छ| नेपालले बैधानिक रुपमा सुगौली सन्धि बेलायती सँग गरेको र भारतमा अंग्रेज शासन अन्त्य हुने बेलामा बेलायती ससकहरुले नेपाल र अंग्रेजहरु सँग गरेको सबै सन्धि खारेज भएको जानकारी गराउदै अर्को सम्झौता भएको इतिहासकार हरुको दाबी छ| यस अनुसार नेपालले सुगौली सन्धिमा गुमाएको भाग नेपाललाई फिर्ता भएको छ| तर भारतले ती भू भागहरु आज सम्म जबर्दस्त रुपमा हडपेर राखेको छ| सन् १९६०को संयुक्त राष्ट्र संघको “Decolonization”को घोसणा पत्रलाई आधार मान्ने हो भने यी भू भागहरु भारतले नेपाललाई फिर्ता दिनु पर्ने छ| त्यस्तै १९५० सन्धिलाई पनि पुनरावलोकन गर्ने संधिमै प्रावधान रहेको छ| हाम्रो देशमा रहेका सम्पर्ण जाति, भाषा धर्म, लिङ्ग, संस्कृति र विभिन्न भू-भागका जनता बीचको अक्षुण एकता र भौगोलिक अखण्डता नै राष्ट्रियता हो । अनेरास्ववियु नेपालको भिन्न भिन्न विशेषतालाई ध्यानमा राखी विविधताको बीचवाट एकताको खोजी गरेर नै राष्ट्रियताको संरक्षण गर्न सकिन्छ भन्ने दृष्टिकोण राख्दछ । त्यसैगरी अनेरास्ववियु हाम्रो देशको स्वाभिमानमा कसैबाट चोट पुग्न नदिने, हाम्रो एक इन्च भू-भाग पनि अरुवाट मिच्न नदिने, प्राकृतिक स्रोत र साधनमाथिको हाम्रो अधिकारलाई कसैबाट हडप्न नदिने कुरामा दृढतापर्ूवक उभिदै आएको छ । हाम्रो संगठन देशको रक्षार्थ लड्ने पृथ्वीनारायण शाह, अमरसिह, बीर बलभद्र, भीमसेन थापा जस्ता राष्ट्रभक्तहरुको सम्मान गर्दछ । अनेरास्ववियु सुस्ता, महेशपुर मानेभञ्याङ्ग, मेची, पशुपतिनगर, कालापानी,लिपु लेक लगायत देशका विभिन्न ठाउँमा भारतबाट गरिएको सिमा अतिक्रमणको विरोधमा लड्दै आएको संगठन हो । अनेरास्ववियु भारतसँग हाम्रा देशका शासकहरुले गरेका असमान र अपमानजनक सन्धि-सम्झौताहरुको खारेज हुनुपर्छ भन्ने मान्यता राख्दछ । तर्सथ अनेरास्ववियु अग्रजहरुले नेपाली राष्ट्रियताका खातिर बगाएको रगत र उनीहरुले गरेको अठोटको सम्मान गर्दै प्रगतिशील राष्ट्रवादको पक्षमा उभिन चाहन्छ|

अनेरास्ववियुको उद्देश्यहरु संक्षिप्त यस्ता छन्:

विद्यार्थी समुदायको हकहित, अधिकार प्राप्त गर्ने तथा विद्यार्थीहरुको वौद्धिक, शारीरिक, नैतिक एवं आत्मविश्वासको उत्थान र विकासका लागि क्रियाशील हुने ।
हाम्रो देशको विद्यमान शिक्षा प्रणालीलाई खारेज गरी वैज्ञानिक, जनवादी र र्सवसुलभ शिक्षा प्राप्त गर्न तथा सबैले निशुल्क रुपमा शिक्षा प्राप्त गर्ने व्यवस्था गराउने ।
नेपाल र भारत वीच भएका सम्पर्ण अपमानजनक र असमान संन्धि सम्झौताहरु खारेज गर्ने, अनेकौ ठाउँमा भएको सीमा अतिक्रमणको विरोध गरी राष्ट्रिय स्वाधिनता र सामाजिक मुक्तिको आन्दोलनलाई अघि बढाउने, देशीय सामन्तवाद दलाल नोकरशाही पूँजीवाद, विस्तारवाद तथा साम्राज्यवाद विरोधी आन्दोलनमा साथ दिनुकासाथै नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादको पक्षमा विद्यार्थी समुदायको तर्फाट जनमत सिर्जना गर्ने ।
संसारको जुनसुकै ठाउँमा भएका साम्राज्यवाद, विस्तारवाद, हैकमवाद, र शस्त्रीकरण विरोधी आन्दोलनको र्समर्थन गर्ने र विश्व शान्तिको पक्षमा जोड दिने ।
पश्चिमी छाडा र विकृत संस्कृतिको विरोध गर्दै, मौलिक र प्रगतिशील संस्कृति निमार्णका लागि अग्रसर हुने ।
विद्यमान नेपाली समाजलाई आमूल परिवर्तन गर्ने र शैक्षिक जागरणको कार्यदिशा अनुरुपअगाडि बढ्ने ।
अनेरास्ववियु एउटा साझा, स्वतन्त्र र जनवादी विद्यार्थी संगठन भएकोले यसले राष्ट्रियता, प्रजातन्त्र र जनअधिकारका पक्षमा काम गर्दछ । सैद्धान्तिक रुपमा नेकपा (एमाले) सँग राजनीतिक सामिप्यता राख्दछ ।