अनेरास्ववियु स्वतन्त्र विद्यार्थी युनियन चुनावको घोषणापत्र सार्वजनिक शैक्षिक ऋण, बेरोजगारीको अन्त्य र उद्यमशीलताको विकासमा जोड

Akhil-Onlinepana

विद्यार्थी आन्दोलनको मूलप्रवाह अनेरास्ववियुले आज स्वतन्त्र विद्यार्थी युनियन चुनावको घोषणापत्र सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यकाका क्याम्पसहरुबाट भेला भएका विद्यार्थीबीचमा बिद्यार्थी इन्चार्ज रबिन्द्र अधिकारी अनेरास्ववियु अध्यक्ष नवीना लामा, लगायतका पदाधिकारीहरुले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन्  ।

घोषणापत्रमा राजनीतिक र शैक्षिक मुद्दा उठाइएको छ । अखिलले देशको समृद्धि अबको रोडम्याप हुनुपर्ने कुरा घोषणापत्रमा उल्लेख गरेको छ ।

देशमा पटक पटक राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तर माथि उठ्न नसकेकाले अबको विद्यार्थी आन्दोलन देशको आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रियता कमजोर वर्तमान अवस्थामा राष्ट्रिय एकता सुदृढ बनाउनु अहिलेको अपरिहार्य आवश्यकता भएकोमा जोड दिइएको छ । राष्ट्रियताको सम्बद्र्धन र सामाजिक न्याय सहितको लोकतन्त्रलाई संस्थागत गर्नका लागि संविधान कार्यान्वयन हुनुपर्ने कुरा घोषणापत्रमा उल्लेख छ ।

संविधानको कार्यान्वयन आजको ज्वलन्त आवश्यकता भएकाले संविधान कार्यान्वयनमा हिजो गणतन्त्र ल्याउन लडेका शक्तिहरु सबै पक्ष यसको संस्थागत विकास गर्नका लागि एकै ठाउँमा उभिनुपर्ने उल्लेख छ ।

अखिलले विद्यार्थीलाई शैक्षिक ऋणको ब्यवस्था तत्काल गर्नुपर्नेमा जोड दिएको छ । शैक्षिक ऋण, बेरोजगारीको अन्त्य र उद्यमशीलताको विकास गर्ने कुरालाई जोडका साथ उठाउने उल्लेख छ ।

गुणस्तरीय शिक्षा दक्ष जनशक्ति निर्माणको आधारशीला भएको उल्लेख गर्दै घोषणापत्रमा उल्लेख गरिएको छ, शैक्षिक पुनर्सरचना हाम्रो संकल्प जस्ता मुद्दा समेटिएको अनेरास्ववियुका प्रचार बिभाग प्रमुख एव प्रबक्ता  सुदिप शर्माले अनलाइनपानालाई बतायका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *