तोकिएकै मितिमा स्ववियु निर्वाचन सम्पन्न गर्नका निम्ति सबै विद्यार्थी संगठनहरुसामु अनेरास्ववियुको आह्वान

अनेरास्ववियु स्थायी कमिटीको बैठक सोमबार अनेरास्ववियु केन्द्रिय कार्यलय बागबजारमा सम्पन्न भएको छ ।

बैठकले स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउन स्ववियु निर्वाचनको परिचालनको निमित्त संगठनको अध्यक्षको संयोजकत्वमा केन्द्रीय कमिटीको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, आयोग अध्यक्ष, सचिवालय सदस्य, केन्द्रीय सदस्य, रापस, जिल्ला अध्यक्ष, स्ववियु निर्वाचन हुने क्याम्पसका अध्यक्षहरु सम्पूर्ण रहने गरी ११,१११ सदस्यीय निर्वाचन परिचिलन समिती बनाउने निर्णय गरेको छ ।

अनेरास्ववियु आफ्नो स्थापना कालदेखी नै राष्ट्र र राष्ट्रियताको रक्षा गर्दै आइरहेको अवस्थामा अहिले राष्ट्र र राष्ट्रियतामाथी गम्भीर खतरा उत्पन्न भएको महशुस गर्दै राष्ट्र र राष्ट्रिय एकताको भावनाको विकासका लागि माघ २१ गते भित्र देशभरका प्रत्येक क्याम्पसका गेटमा राष्ट्रिय झण्डा फहराउने समेत निर्णय गरेकोे छ ।

त्यसैगरी अनेरास्ववियुले आसन्न स्ववियु निर्वाचनलाई स्वच्छ, मर्यादित र निश्पक्ष ढंगले तोकिएकै मितिमा सम्पन्न गर्नका निमिक्त क्रियाशील सम्पूर्ण विद्यार्थी संगठनहरुलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्याउन निम्ति पनि आह्वान गरेको बताएको छ ।

प्रेस विज्ञप्ती जारी गर्दै अनेरास्ववियुले पार्टीका बैकल्पीक केन्द्रीय सदस्य निरु पालको श्रीमानको असामयिक निधन भएकोले मृतक प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोकाकुल सवैमा समवेदना प्रकट गरेको छ ।

One comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *