यस्तो छ अनेरास्ववियुको माघ १७ गते बसेको स्थाई कमिटीको बैठकको महत्वपूर्ण निर्णय

images

अनेरास्ववियुको स्थाई कमिटीको आज संगठनको केन्द्रीय कार्यालयमा बसेको वैठकले विभिन्न निर्णय गरेको छ । हेर्नुस् अनेरास्ववियुले जारी गरेको प्रेस विज्ञप्ती जस्ताको त्यस्तै :

विज्ञप्ती
अनेरास्ववियु स्थायी कमिटीको बैठक आज मिति २०७३ माघ १७ गते केन्द्रीय कार्यालय बागबजारमा बस्यो ।

बैठकले स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउन स्ववियु निर्वाचनको परिचालनको निमित्त संगठनको अध्यक्षको संयोजकत्वमा केन्द्रीय कमिटीको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, आयोग अध्यक्ष, सचिवालय सदस्य, केन्द्रीय सदस्य, रापस, जिल्ला अध्यक्ष, स्ववियु निर्वाचन हुने क्याम्पसका अध्यक्षहरु सम्पूर्ण रहने गरी ११,१११ सदस्यीय निर्वाचन परिचिलन समिती बनाउने निर्णय गरियो ।

अनेरास्ववियु आफ्नो स्थापना कालदेखी नै राष्ट्र र राष्ट्रियताको रक्षा गर्दै आइरहेको अवस्थामा अहिले राष्ट्र र राष्ट्रियतामाथी गम्भीर खतरा उत्पन्न भएको महशुस गर्दै राष्ट्र र राष्ट्रिय एकताको भावनाको विकासका लागि माघ २१ गते भित्र देशभरका प्रत्येक क्याम्पसका गेटमा राष्ट्रिय झण्डा फहराउने निर्णय गरियो ।

आसन्न स्ववियु निर्वाचनलाई स्वच्छ, मर्यादित र निश्पक्ष ढंगले तोकिएकै मितिमा सम्पन्न गर्नका निमिक्त क्रियाशील सम्पूर्ण विद्यार्थी संगठनहरुलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पु¥याउनुहुन पनि आह्वान गर्दछौं ।

पार्टीका बैकल्पीक केन्द्रीय सदस्य निरु पालको श्रीमानको असामयिक निधन भएकोले मृतक प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोकाकुल सवैमा समवेदना प्रकट गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *