विद्यार्थी संगठनहरुबीच सहमति, स्ववियु निर्वाचन १८ फागुनमा हुने

फागुनका लागि तोकिएको त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन १८ फागुनमा हुने भएको छ ।

बिहीबार त्रिवि पदाधिकारी र प्रमुख विद्यार्थी संगठनका नेताहरुबीचको छलफलपछि १८ गते स्ववियु निर्वाचन गर्ने तय भएको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले जानकारी दिए ।

उनकाअनुसार यसअघि १४ फागुनका लागि तय भएको स्ववियु निर्वाचनमा विभिन्न माग राख्दैं भाग नलिएको विप्लव माओवादी निकट अखिल क्रान्तिकारी पनि १८ गते हुने स्ववियु चुनावमा सहभागी हुने भएपछि निर्वाचन सारिएको हो ।

त्रिवि पदाधिकारीसग निर्वाचनको मिति सार्न बैठक बस्नुअघि बिहीबार दिउ“सो एमाले निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, एमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका नेताहरुले आन्दोलनरत विप्लव निकट अखिल क्रान्तिकारीस“ग स्ववियु निर्वाचन सहभागिताका लागि छलफल गरेका थिए । जसमा स्ववियु निर्वाचनको मिति सारेपछि निर्वाचनमा जान विप्लव निकट क्रान्तिकारी विद्यार्थी संगठन तयार भएको थियो ।

त्यसलगतै प्रमुख दल निकट विद्यार्थी संगठन र विप्लव निकट अखिलका नेताहरु स्ववियु निर्वाचन सार्नका लागि त्रिवि पदाधिकारीस“ग बैठक बसेका थिए । सोही बैठकले १८ फागुनमामा स्ववियु निर्वाचन गर्ने नया मिति टुंगो लगाएको हो । “

यसअघि विप्लव निकट अखिल क्रान्तिकारीले पूर्ण समानुपातिक र पार्टी महाधिवेशनलाई कारण देखाउँदैं स्ववियु निर्वाचनको विरोध गरिरहेको थियो । यसक्रममा उसले विभिन्न क्याम्पसहरुमा तालाबन्दी समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *