स्ववियु निर्वाचनका लागि अनेरास्ववियुद्वारा निर्वाचन परिचालन समिति गठन

logo

एमाले निकट अनेरास्ववियुले आगामी स्ववियु निर्वाचनका लागि ११ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । केन्द्रीय कार्यालय बागबजारमा बसेको स्थायी कमिटी बैठकले स्ववियु निर्वाचनको परिचालनको लागि अध्यक्ष नविना लामाको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभाग प्रमुख सुदीप शर्माले जानकारी दिए ।

परिचालन समितिमा केन्द्रीय कमिटीका उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, आयोग अध्यक्ष, सचिवालय सदस्य, केन्द्रीय सदस्य, रापस, जिल्ला अध्यक्ष, स्ववियु निर्वाचन हुने क्याम्पसका अध्यक्ष छन् ।

अनेरास्ववियुले राष्ट्र र राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न भएको भन्दै राष्ट्र र राष्ट्रिय एकताको भावनाको विकासका लागि माघ २१ गते भित्र देशभरका प्रत्येक क्याम्पसका गेटमा राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *