​अखिल चुनावमा होमियो

अरु विद्यार्थी संगठन उमेर विवादमा रुमल्लिरहेको बेला अनेरास्ववियु स्वतन्त्र विद्यार्थी चुनावमा होमिएको छ । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावलाई मध्यनजर गरी अनेरास्ववियु स्थायी कमिटीले अध्यक्ष नवीना लामाको संयोजकत्वमा ११ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । सोमबार बसेको स्थायी समिति बैठकले स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउन अध्यक्ष लामाको संयोजकत्वमा केन्द्रीय कमिटीका उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, आयोग अध्यक्ष, सचिवालय सदस्य, केन्द्रीय सदस्य, रापस, जिल्ला अध्यक्ष, स्ववियु निर्वाचन हुने क्याम्पसका अध्यक्षहरु सम्पूर्ण रहने गरी निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको जानकारी प्रचार विभाग प्रमुख सुदीप शर्माले जानकारी दिएका छन् ।

अनेरास्ववियुले स्थापना कालदेखि नै राष्ट्र र राष्ट्रियताको रक्षा गर्दै आइरहेको अवस्थामा अहिले राष्ट्र र राष्ट्रियतामाथी गम्भीर खतरा उत्पन्न भएको महसुस गर्दै  राष्ट्र र राष्ट्रिय एकताको भावनाको विकासका लागि माघ २१ गतेभित्र देशभरका प्रत्येक क्याम्पसका गेटमा राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ ।  आसन्न स्ववियु निर्वाचनलाई स्वच्छ, मर्यादित र निश्पक्ष ढंगले तोकिएकै मितिमा सम्पन्न गर्नका निमित्त क्रियाशील सम्पूर्ण विद्यार्थी संगठनहरुलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पु¥याउन पनि अनेरास्ववियुले आह्वान गरेको छ । पार्टीका बैकल्पिक केन्द्रीय सदस्य निरु पालका पति मोहन पालको असामयिक निधन भएकोले मृतकप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *