नेविसंघले गरेको झडपमा अखिलको आपत्ती, निर्वाचन विथोल्ने कामविरुद्ध उत्रने कडा चेतावनी (विज्ञप्ति सहित)

स्ववियु निर्वाचन विथोल्ने मनसायका साथ नेविसंघ र अखिल क्रान्तिकारीले आज राजधानीमा गरेको तालाबन्दी, तथा तोडफोडको अनेरास्ववियुले आपत्ति प्रकट गरेको छ ।

अनेरास्ववियु केन्द्रिय कमिटिले विज्ञप्ति जारी गर्दै आज नेविसंघ लगायतका विद्यार्थी संगठनले देखाएका अमानविय व्यवहारप्रति असन्तुष्ट रहेको धारणा व्यक्त गरेको हो ।

स्ववियू निर्वाचनमा मनोनयन दर्ताको बिषयलाई लिएर विभिन्न क्याम्पसहरुमा भएको झडप तथा डुङ्गामुढा प्रहार भएपछि अनेरास्ववियुले यसतर्फ आफुहरुको ध्यानाकर्षण गराएको अनेरास्ववियुले बताएको छ ।

‘आजसम्म जेजस्तो गतिविधीहरु नेविसंघ लगायत अन्य विद्यार्थी संगठनहरुले आफुहरुप्रति देखाएको छ त्यसमा संयमित भएका छौँ । अखिलको यो संयमतालाई कमजोरीको रुपमा लिगेर निर्वाचन विथोल्ने काम गरेमा आफुहरु जुनसुकै समयमा त्यसको विरुद्धमा उत्रन तयार छौँ’, विज्ञप्तिमा भनिएको छ ।

साथै अनेरास्ववियुले त्रिवि निर्वाचन विभागलाई निर्धक्क सँग आफ्नो कार्यहरु गराउनका निम्ति आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *