स्कुलहातामा विद्यार्थी मृत भेटिएकोमा अनेरास्ववियुको चासो, सत्यतथ्य पत्ता लगाउन माग

१८ चैत, काठमाण्डौँ । रानीवारीमा रहेको प्रहरी स्कुल हाताभित्र गत १६ गते कक्षा ८ मा अध्ययनरत छात्राको रहस्यमय मृत्यु भएकामा अनेरास्ववियुले गम्भिर ध्यानाकर्षण गरेको छ ।

कक्षा ८ मा अध्ययनरत १४ वर्षिय कुन्दन थापा मगर विद्यालय हाताभित्रै गत १६ गते मृत भेटिएका थिए ।

अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्यले विज्ञप्ति जारी गर्दै आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय विदा रहेको समयमा केहि कुरा गर्नुछ भनि निज विद्यार्थीलाई विद्यालयमा बोलाएको, निज विद्यार्थी एक्लै विद्यालय पुगेको, विद्यार्थी र प्रशासनविच कुराकानी भएको र तत्पश्चात नै विद्यार्थी विद्यालय हाताभित्रै मृत भेटिएको, त्यस अवधीसम्म पनि विद्यार्थीको अभिभावकलाई खवर नगरिएको र पोष्टमार्टनका लागि अस्पताल लगेपछि मात्र खवर गरेको भन्ने सुनिन आएकामा यस घटनामा गम्भिर प्रश्न खडा भएको छ ‘।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यको सुरक्षा अङ्ग मध्यको प्रहरीसँग प्रत्यक्ष जोडिएको विद्यालयमा त विद्यार्थी सुरक्षित हुँदैन भने अरु कस्को सुरक्षा होला भनि प्रश्न खडा भएको छ ।’

सरकार, सुरक्षा निकाय तथा विद्यालय प्रशासनको गैर जिम्मेवारीका कारण यो घटना घटेको भन्दै अनेरास्ववियुले खेद प्रकट गरेको छ ।

घटना रहस्यमय भएको भन्दै सत्य तथ्य बाहिर ल्याउनका निम्ति न्यायिक आयोग गठन गर्न अनेरास्ववियुले माग गरेको छ ।

सत्यतथ्य पत्ता लगाई घटनामा संलग्नलाई यथाशिघ्र कानुनी दायरामा ल्याउनुपर्ने भन्दै पिडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न अनेरास्ववियुले माग गरेको छ ।

मृतक कुन्दन थापा प्रति अनेरास्ववियुले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।akhil

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *