आरआरको निर्वाचनबारे सर्वोच्चको ठहर– अन्तरिम आदेश दिनै पर्दैन

rr

रत्नराज्यलक्ष्मी क्याम्पसमा चैत १५ गते सम्पन्न स्ववियु निर्वाचन अवैधानिक भएको भन्दै अखिल क्रान्तिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । तर, सो रिटबारे सुनुवाई गर्दै मंगलबार न्यायाधीश दिपक जोशीको एकल इजलासले अन्तरिम दिनु नपर्ने आदेश दिएको छ । उक्त आदेशसँगै अब नबविर्नाचित स्ववियुल निर्वाधरुपमा काम गर्न पाउने भएको छ ।

सर्वोच्चको आदेशपछि भएको निर्वाचन प्रक्रियामा आफू सहभागी नभएको भन्दै क्रान्तिकारीको तर्फबाट ध्रुवराज वाग्लेले सर्वोच्चमा पुगेर रिट दायर गरेका थिए । क्रान्तिकारीले आफूहरु निर्वाचनमा सहभागी नभएको भने पनि निर्वाचनका क्रममा उसले ६६ मत प्राप्त गरेको थियो । रिट दायर गर्ने वाग्ले सभापतिका उम्मेदवार थिए। उनले दायर गरेको रिटमा क्याम्पस प्रमुख, निर्वाचन अधिकृत लगायतलाई विपक्षी बनाइएको थियो ।

क्रान्तिकारीले सर्वोच्चले जहाँबाट रोकिएको त्याहीँबाट चुनावी प्रकृया अगाडि बढाउन अन्तरिम आदेश दिएको तर क्याम्पस प्रशासनले प्रकृया बाहिर रहेको नेविसंघलाई पनि समेटेर चुनाव गराएका भन्दै रिट दायर गरेको दाबी गरेको थियो । तर, अनेरास्ववियुले भने क्रान्तिकारीका ती आरोपको खण्डन गर्दै आएको छ ।

‘क्रान्तिकारीले निर्वाचनकै दिन पेट्रोल बम प्रहार गरेर निर्वाचन विथोल्न खोज्दा पनि हामीले विद्यार्थीको साथ लिएर मतदान सम्पन्न गरेका थियौँ,’ अनेरास्ववियुका सचिव आरसी लामिछानेले भने, ‘निर्वाचनपछि मतगणनाको अन्तिम परिणाम आएपछि मात्र हामीलाई थाहा भयो । ६६ मत पनि प्राप्त गर्ने अवस्था नभएपछि क्रान्तिकारीले पेट्रोल बम प्रहार गरेर निर्वाचन विथोल्न खोजेको रहेछ ।’

लामिछानेले सर्वोच्चको आदेशपछि क्रान्तिकारीलाई अर्को झड्का लागेको जानकारी दिए । ‘गत फागुन १८ गतेका लागि तोकिएको आरआरको स्ववियु चुनाव फागुन २३ गतेका लागि सरेको थियो,’ लामिछानेले भने, ‘तर निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता’ लागु भएको बाहनामा चुनावी प्रकृया नैअवरुद्ध भएको थियो । पछि सर्वोच्चको आदेश मान्दै हामीले निर्वाचन प्रक्रियामा सहभागिता जनाएको हो ।’
सर्वोच्चको आदेशपछि भएको निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको थियो ।

अनेरास्ववियुका सभापतिका उम्मेदवार तपेन्द्रबहादुर शाही ६ सय ९९ मत ल्याएर विजयी भएका थिए भने उनका निकटम प्रतिद्वन्दी कांग्रेसनिकट नेविसंघका उम्मेदवार उत्तमबहादुर साउदले ३ सय ६७ मत पाएका थिए । क्रान्तिकारीका उम्मेदवारले जम्मा ६६ मत मात्र प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *