सात विद्यार्थी सँगठनको चेतावनी : ‘मनपरी शुल्क लिने विद्यालयलाई कारबाही गछौँ’

विभिन्न सात विद्यार्थी संगठनले निजी शैक्षिक संस्थालाई मनपरी शुल्क नलिन चेतावनी दिएका छन् । शुक्रबार अ‍ेनरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीलगायतका सात विद्यार्थी संगठनले यस्तो चेतावनी दिएका हुन् ।

राजधनीमा बैठक बसी ति विद्यार्थी संगठनले नयाँ शैक्षिक शत्र सुरु भएसँगै निजी विद्यालयले मनपरी शुल्क उठाउने गरेको भन्दै सरकारले तोकेको मापदण्ड भन्दा बढी शुल्क लिए त्यस्ता संस्थालाई कारवाहीको दायरामा ल्याउने सम्मको चेतावनी दिएका छन् ।

‘नयाँ शैक्षिक शत्र सुरु हुन लागिरहेका सन्दर्भमा निजी शिक्षण संस्थाहरुले भर्नाका नाममा मनपरी शुल्क तोक्ने गरेको घटनाप्रति हाम्रो ध्यानकार्षण भएको छ,’ बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘मण्टेश्वरी पढाई हुने संस्थाले मासिक एक लाखसम्म शुल्क लिने गरेका छन् । त्यसमा पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनीहरु सरकारले प्रदान गर्ने छात्रवृद्धि पनि पारदर्शी बनाउन ध्यानाकर्षण गरेका छन् । त्यसैगरी अवैधानिक रुपमा खोलिएका संस्थागत विद्यालयको पहिचान गरी त्यस्ता विद्यालयलाई अविलम्ब कारवाही गर्न पनि माग गरिएको अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्यले जानकारी दिए ।

त्यसैगरी सेमेष्टार प्रणालीलाई पनि सरोकारवालासँग प्रप्याप्त छलफल गरेर समयसापेक्ष बनाउने माग गरिएको छ ।

bigyapti

Leave a Reply

Your email address will not be published. Required fields are marked *