शुल्क वृद्धि फिर्ता लिन सरकारलाई तीनदिने अल्टिमेटम

photo

अनेरास्ववियु लगायत आठ विद्यार्थी संगठनले शिक्षामा गरिएको शुल्क वृद्धि फिर्ता लिन माग गर्दै सरकारलाई तीनदिने अल्टिमेटम दिएको छ |वैशाख ५ गते मंगलबार दिउँसो सिंहदरबारमा शिक्षामन्त्री धनीराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै निजी विद्यालयले जथाभावी बढाइरहेको शुल्क नियन्त्रण गर्न माग गरिएको छ| २०७३ साल वैशाख ७ गते विभिन्न विद्यार्थी संगठन र सरकारबीच भएको सम्झौताको ख्याल नगरी निजी विद्यालयले शुल्क बढाएकोले मनोमानी ढंगले बढाएको शुल्क फिर्ता लिन सरकारलाई दवाव दिईएको छ| ‘अहिले निजी विद्यालयले शिक्षण संस्थालाई व्यापारिक केन्द्र जस्तो बनाएका छन्,’ अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्यले भन्नुभयो , ‘तीन दिनभित्र शुल्क नघटाए हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’

ज्ञापनपत्रमा शैक्षिक शत्र सुरु भएसँगै निजी विद्यालयले मनोमानी ढंगले विभिन्न शीर्षकमा बढाएको शुल्क तीन दिनभित्र फिर्ता लिनुपर्ने माग गरिएको छ ।

dhyanakarshan

Leave a Reply

Your email address will not be published. Required fields are marked *