विद्यार्थी संगठनद्वारा निजी विद्यालय विरुद्ध आन्दोलन घोषणा

अनेरास्ववियु लगायत आन्य विद्यार्थी संगठनहरुले निजी विद्यालयमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छ|

निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएको विषयमा छलफल गर्न सोमबार संयुक्त विद्यार्थी आन्दोलन समितिको बैठक बसेको थियो । निजी विद्यालयहरुले मनोमानी ढंगले शुल्क बृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलित बनेका छन् ।सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी विद्यार्थी संगठनले अभिभावकको ढाड सेक्ने गरी कक्षा १ देखि १० सम्मको मनोमानी तवरले बढाइएको शुल्क तीन दिन भित्र नघटाइए आन्दोलन गर्ने घोषणा गरेका हो|

बैठकले मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अगाडि विरोध प्रदर्शनसहित धर्ना दिने तथा बुधबार चर्को शुल्क लिने निजी विद्यालयहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गर्ने निर्णय गरेको छ|

अनेरास्ववियुको पहलमा बसेको बैठकमा नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटौं, अखिल पाँचौं र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट निकट अखिल क्रान्तिकारी सहभागी थिए ।बैठकले विश्वविद्यालय तहको सेमेस्टर प्रणालीलाई व्यवस्थित बनाउन पनि माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *