फलामे मतपत्र बोकेर अनेरास्ववियु र युवा संघको संयुक्त मसाल जुलुस

१८ जेठ, काठमाण्डौँ । भरतपुर महानगरपालीकामा माओवादी केन्द्रले मतपत्र च्यातेको विरोधमा काठमाडौंमा अनेरास्ववियु र युवा संघले संयुक्त रुपमा मसाल जुलुस निकालिएको छ । प्रदर्शनी मार्गबाट अनेरास्ववियु र युवा संघको संयुक्त मसाल जुलुस निकालिएको थियो ।भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै जुलुस निकालिएको हो ।मसाल जुलुसमा अनेरास्ववियु र युवा संघका कार्यकर्ताले टिनको जस्तामा मत पत्र बनाई प्रदर्शन गरेका थिए ।

Read more