फलामे मतपत्र बोकेर अनेरास्ववियु र युवा संघको संयुक्त मसाल जुलुस

१८ जेठ, काठमाण्डौँ । भरतपुर महानगरपालीकामा माओवादी केन्द्रले मतपत्र च्यातेको विरोधमा काठमाडौंमा अनेरास्ववियु र युवा संघले संयुक्त रुपमा मसाल जुलुस निकालिएको छ ।

प्रदर्शनी मार्गबाट अनेरास्ववियु र युवा संघको संयुक्त मसाल जुलुस निकालिएको थियो ।भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै जुलुस निकालिएको हो ।मसाल जुलुसमा अनेरास्ववियु र युवा संघका कार्यकर्ताले टिनको जस्तामा मत पत्र बनाई प्रदर्शन गरेका थिए । कागजको मतपत्र असुरक्षित रहेको भन्दै फलामे जस्तामा मतपत्र बनाएर सांकेतिक विरोध गरिएको हो ।जेठ १४ गते राति मतगणना भइरहेको समयमा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेका थिए । मतपत्र च्यात्ने दुवै आरोपी एक लाख धरौटी बुझाएर रिहा भइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *