अनेरास्ववियु केन्द्रीय पुस्तकालयका लागि पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

३१ जेठ, काठमाण्डौँ । अनेरास्ववियु केन्द्रीय पुस्तकालयका लागि पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले केन्द्रीय कमिटीका सचिब क. प्रदिप ज्ञवालीले अनेरास्ववियु केन्द्रीय कार्यलयमा बुधबार एक कार्यक्रमको आयोजना गरि करिब पाँच सय भन्दा बढी पुस्तक हस्तान्तरण गर्नुभएको छ | क. ज्ञवालीले आफ्ना पुस्तक अध्ययनको अनुभव समेत सुनाउनु भयो|अनेरास्ववियु महेन्द्ररत्न क्याम्पस तहाँचलको क्याम्पस कमिटीले पाँच सय पुस्तक केन्द्रीय कार्यलयको पुस्तकालयलाई हस्तान्तरण गरेको छ।

अनेरास्ववियुका उपाध्यक्ष  क. रश्मि आचार्यको संयोजकतामा पुस्तकालय स्थापनाका लागि समिति समेत गठन गरिएको थियो|उक्त कमिटीले केन्द्रका साथै प्रत्येक प्रदेशमा नमुना पुस्तकालय निर्माण गरि कार्यकर्ता लाई राजनीतिक र बैचारिक रुपमा बलियो बनाउने उदेश्य लिएको  छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *