अनेरास्ववियुद्वारा पोखरा बिश्वबिद्धालयलाई पन्ध्र दिने अल्टिमेटम

२३ साउन,काठमाडौँ । पोखरा बिश्वबिद्धालय मातहतका क्याम्पसमा स्वतन्त्र बिध्यार्थी युनियनको निर्वाचन गराउने माग सहित अनेरास्ववियुले बिश्वबिद्धालय समक्ष मागपत्र प्रश्तुत गरेको छ।

मागपत्रमा पन्ध्र दिन भित्र निर्वाचनको कार्यतालिका सार्वजनिक र बिश्वबिद्धालयमा देखियका समस्या तत्काल समाधान गर्न माग गरीयको छ।

अनेरास्ववियुका उपाध्यक्ष महेश बड्तौला र पोखरा बिश्वबिद्धालय इन्चार्ज कनिस पटेलको नेतृत्वमा पोखरा पुगेर बिश्वबिद्धालय रजिस्टार गोबिन्द प्रसाद शर्मालाई मागपत्र बुझायको हो।

२०६५ पछाडि पोखरा बिश्वबिद्धालय का कुनै क्याम्पसमा स्वतन्त्र बिध्यार्थी युनियनको निर्वाचन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *