शिक्षा माटो सुहाउँदो हुनुपर्छ : क. के पी शर्मा ओली अध्यक्ष

काठमाडौं :अनेरास्ववियुको केन्द्रीय शैक्षिक विभाग र संघीय मामिला तथा कानुन विभागको आयोजनामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष के पी शर्मा ओलीले विद्यार्थीको रुची अनुसारको शिक्षाप्रणाली हुनुपर्ने बताए ।

जीवन उपयोगी शिक्षाले मात्र विकास निर्माणमा सघाउ पुग्ने उनको भनाइ छ । ‘नेपालको शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक छ,’ उनले भने ।

स्थानीय सरकारले आफ्नो माटो सुहाउँदो शिक्षा प्रणालीमा ध्यान दिनुपर्ने उनको तर्क छ । शिक्षा रोजगारमूलक, जीवनउपयोगी भएमात्र विकासले गति लिने ओलीको दाबी छ ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाभित्र शिक्षा ग्यारेन्टी गरिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा ‘स्थानीय सरकार र सार्वजनिक शिक्षा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै रवीन्द्र अधिकारीले स्थानीय तहले माटो सुहाउँदो शिक्षा नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रध्यापक मनप्रसाद वाग्ले, विद्यानाथ कोइराला, शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल र एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले व्यवहारिक शिक्षा अबको आवश्यकता भएको उल्लेख गरे।

अनेरास्ववियु शिक्षा विभाग प्रमुख माधव पन्तले रोजगारमूलक शिक्षा अहिलेको आवश्यकता भएको बताए । स्थानीय तहले शिक्षा जीवनसँग जोडिनेगरी नीति बनाउन आवश्यक भएको उनको भनाई थियो । नेता पन्तले शिक्षासम्बन्धी बहस देशव्यापी गर्ने प्रतिवद्वता व्यक्त गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *